गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

EN न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाल आगमन बारे सोधिने प्रश्न

  1. नेपालको प्रवेश बिन्दुबाट (On Arrival) कस्तो किसिमको भिषा प्राप्त गर्न सकिन्छ?

    प्रवेश बिन्दुबाट जारी गरिने भिषा सबै पर्यटक भिषा हुन्। पर्यटक भिषा बाहेक अन्य भिषा प्रवेश बिन्दुबाट जारी गरिदैन।
     
  2. मलाई प्रवेश बिन्दुमा बहुप्रवेशी सुविधा सहितको पर्यटक भिषाको आवश्यकता छ। मैले यसको लागि के गर्न सक्छु?

    अध्यागमन कार्यालय, त्रि.अ.वि लगायत प्रवेश बिन्दुबाट जारि गरिने सबै भिषाहरु बहुप्रवेशी सुविधा सहितको पर्यटक भिषा हुन्।
     
  3. १० वर्ष मुनिका बच्चाहरुको भिषा शुल्क कति लाग्दछ?

    १० वर्ष मुनिका बच्चाहरुको लागि भिषा शुल्क लाग्दैन।
     
  4. म भारतीय नागरिक हुँ? हवाई उडानबाट नेपाल प्रवेश गर्नको लागि मैले कुन कागजात देखाउनुपर्ने हुन्छ?

    हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले भारतीय पासपोर्ट वा निर्वाचन आयोगबाट जारी गरिने मतदाता परिचय पत्रबाट मात्र नेपाल प्रवेश गर्न सक्नेछन्। अभिभावकको साथमा आएका १८ वर्ष मुनिका बालबालिकाको लागि भने विद्यालयको परिचयपत्र वा जन्म दर्ता पेश गर्नुपर्ने छ।
     
  5. मलाई अध्यागमन कार्यालय, त्रि.अ.वि मा लामो लाइनमा बसेर भिषा लिन मन छैन। यसको विकल्प के हुन सक्छु?

    तपाईले आफूलाई पायक पर्ने बिदेशस्थित नेपाली दूतावास वा कूटनैतिक नियोगमा सम्पर्क राखि भिषा लिएर नेपाल आउन सक्नुहुन्छ।


पछिल्लो अपडेट गरिएको : 2024-03-29 01:06:43 01:06:43
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter