गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय गड्डाचौकी

महेन्द्रनगर, कंचनपुर

EN न्यून व्यान्डविथ Invert Color A- A A+

व्यवसायिक भिसा 2018-06-29

अध्यागमन नियमावली, २०५१​ को परिच्छेद २ (९) मा ब्यवसायिक भिषा सम्बन्धी ब्यवस्था भएको ।

ब्यवसायिक भिषा देहायका विदेशीहरु र तिनका आश्रित परिवारलाई सम्बन्धित नियकाको सिफारिसमा प्रदान गरिने गरेको ।

क)  नेपालभित्र व्यापारिक वा औधौगिक व्यवसायमा लगानी गर्ने ईजाजत प्राप्त विदेशीहरु वा त्यस्ता व्यापारिक वा औधौगिक संस्थाको अधिकृत प्रतिनिधि।

ख) नेपालबाट निकासी व्यापार गर्न लगानी गर्ने ईजाजत प्राप्त विदेशीहरु ।

ग) तेश्रो मुलुकबाट नेपालमा आई नेपालमा उत्पादित माल सामान खरिद गरी निकाशी गर्ने वा निकाशीको लागि खरिद आदेश दिने विदेशीहरु ।

व्यवसायिक भिषा (Business Visa)  का लागि अनिवार्य पेश गर्नुपर्ने कागजातहरुः

१. उधोग मन्त्रालयको टिप्पणी र सिफारिश

२. लगानी कर्ताको बैयत्तिक विवरण (Bio-data) (पहिलो पटक)

३. विदेशी लगानी स्वीकृति पत्र

४. राहदानी को मुख्यपृष्ठ

५. लगानीकर्ताको हालसालैको भिषा

६. कम्पनी/उधोग दर्ता प्रमाण-पत्र

७. स्थाई लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र

८. उधोग निरीक्षण प्रतिवेदन

९. कम्पनी/उधोगको प्रबन्ध-पत्र र नियमावली

१०. कर चुक्ता प्रमाण-पत्र

११. कम्पनी/उधोग अध्यावधिक प्रतिवेदन

१२. शेयर लगत विवरण

 

व्यवसायिक भिषा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुरः

क्र. सं.

 

नेपाल स्थित ब्यवसायमा लगानीको आधार

भिषाको अवधि

लाग्ने दस्तुर

भिषा जारी गर्न सकिने ब्यक्ति

प्रवेशको प्रकार

१.

  • एक करोड भन्दा बढी लगानी
  • नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी

एक वर्ष भन्दा कम

मासिक १0 अमेरिकी  डलर बराबरको नेपाली मुद्रा

लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी

बहु प्रवेशी

एक वर्ष

१00 अमेरिकी  डलर बराबरको नेपाली मुद्रा

लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी

बहु प्रवेशी

पाँच वर्ष

३00 अमेरिकी  डलर बराबरको नेपाली मुद्रा

लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी

बहु प्रवेशी

२.

  •  एक करोड रुपैयाँ र सो भन्दा कम लगानी  भएमा ।
  •  प्रविधि हस्तान्तरण प्रयोजनका लागि आएमा ।

एक वर्ष भन्दा कम

मासिक ३0 अमेरिकी  डलर बराबरको नेपाली मुद्रा

  • लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी
  •  प्रविधि हस्तान्तरण प्रयोजनका लागि आउने विशेषज्ञ र निजको आश्रित परिवार ।

बहु प्रवेशी

एक वर्ष

३00 अमेरिकी  डलर बराबरको नेपाली मुद्रा

  • लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी
  •  प्रविधि हस्तान्तरण प्रयोजनका लागि आउने विशेषज्ञ र निजको आश्रित परिवार ।

बहु प्रवेशी

पाँच वर्ष

१000 अमेरिकी  डलर बराबरको नेपाली मुद्रा

  • लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी
  • प्रविधि हस्तान्तरण प्रयोजनका लागि आउने विशेषज्ञ र निजको आश्रित परिवार ।

बहु प्रवेशी

३.

दश करोड भन्दा बढी लगानी

 

भिषा दस्तुर लाग्ने छैन

लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका आधिकृत प्रतिनिधी

बहु प्रवेशी

 

भिषा दस्तुरको गणनाः भिषा नविकरणको दस्तुर गणना गर्ने प्रयोजनका लागि अवधि गणना गर्दा १५ दिन भन्दा कम अवधिको भए १५ दिनसम्मको र १५ दिनभन्दा बढी १ महिना भन्दा कम अवधिको भए १ महिनाको भिषा नविकरण दस्तुर लाग्ने गरी दस्तुरको गणना गरिने छ ।


पछिल्लो अपडेट गरिएको : 2024-03-29 01:06:43 01:06:43
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter